नेपालले व्हीलचेयर क्रिकेट र बास्केटबलमा भाग लिने

नेपालले भारतमा हुने व्हीलचेयर क्रिकेट र बास्केटबलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि नेपाली टोलीले शुक्रबारदेखि तयारी थालिसकेको छ ।
हाल १५ सदस्यीय खेलाडी टोली सिफलमा तयारी प्रशिक्षणमा व्यस्त छ । खेलाडीहरु हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ, राजु गुरुङ, डम्बर मगर, दानबहादुर थिङ, दण्ड बुढाथोकी, विष्णु श्रेष्ठ, रामकाजी मिजार र नारायण दवाडीले प्रशिक्षण गरिरहेको नेपाल पारा ओलम्पिक कमिटीका सचिव छुल्टिङ शेर्पाले जनाएका छन् । यि खेलाडीहरुले क्रिकेट र बास्केटबल दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् । २८ खेलाडीबाट १७ खेलाडीको प्रारम्भिक छनोट गरिएको सचिव शेर्पाले जानकारी गराए । १७ बाट १५ खेलाडीको अन्तिम छनोट गरिएको हो ।
टी– ट्वेन्टी क्रिकेट म्याच सिरिज आग्रामा डिसेम्बर ३ देखि ५ तारिखसम्म सञ्चालन हुनेछ । इन्डो व्हीलचेयर क्रिकेट संघले आयोजना गर्ने उक्त खेलमा नेपालले ३ खेल खेल्नेछ ।
क्रिकेटअघि नेपाली टोलीले इन्डियन व्हीलचेयर बास्केटबल संघले आयोजना गर्ने बास्केटबलमा भाग लिने छ । ४ म्याचको उक्त श्रृंखला नोभेम्बर २६ देखि ३० तािरखसम्म दिल्लीमा हुने कार्यक्रम छ ।
टोलीको प्रशिक्षण मंगलबार सम्पन्न हुनेछ । त्यसपछि टोली बिहीबार भारत जाने कार्यक्रम रहेको सचिव शेर्पाले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373