नेपाली टेनिस खेलाडी नाडाल एकडेमीमा

राफेल नाडाल टेनिस एकडेमीमा प्रशिक्षण तथा प्रतियोगितामा सहभागि हुन नेपालका चार टेनिस खेलाडी बिहिबार स्पेन तर्फ प्रस्थान गरेका छन् । स्पेन प्रस्थान गर्ने टोलीका सदस्यहरुमा नौ बर्षिय आरभ हाडा, १० बर्षिय अकि जुवेत राउत, ११ बर्षिय आर्यन गीरी र १३ बर्षिय सम्यक भुषण बज्राचार्य रहेका छन् । टोलीका खेलाडीलाई अखिल नेपाल लन टेनिस संघकी अध्यक्ष ज्योती राणा लगायतले बुधबार विदाइ गरे । आरभले स्पेशल वाइल्ड कार्ड पाएका हुन् ।
२ देखि ४ तारिखसम्म हुने प्रशिक्षण पछि यी खेलाडीले ११ तारिखसम्म त्यहा हुने प्रतियोगितामा सहभागिता जनाउने छन् । आरभले यु–१० र यु–११, अकिनले यु–१० र यु–११,आयर्नले यु–११ र यु–१२ र सम्यकले यु–१३ र यु–१४ मा सहभागिता जनाउने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309