नेपाली मार्सल आर्ट वज्र बारे जानकारी

काठमाडौं, कात्तिक २४ गते ।
नयाँ नेपाली मार्सल आर्ट ‘वज्र’ बारे बुधबार जानकारी गराइएको छ । खेल्ने शैली बारे खेलाडीबाट प्रदर्शन गराईनु साथै विविध पक्ष बारे अवगत गराई वज्र बारे जानकारी दिइएको थियो । वज्रको सुरुआत क्योकुसिन करातेका संस्थापक जगतप्रसाद गौचनले गरेका हुन् ।
क्योकुसिन, थाइ बक्सिङ, बक्सिङ, किक बक्सिङ र तेक्वान्दोको सबल पक्षलाई समेटेर वज्रको सुरुआत गरिएको गौचनले बताए । गौचन नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष समेत हुन् ।
‘हरेक मार्सल आर्टका गुरुहरुको आफ्नै स्टायलको खेल बनाउने चाहना हुन्छ । त्यही चाहना अनुरुप मैले पनि वज्रको सुरुआत गरेको हुँ ।’– अध्यक्ष गौचनले भने ।
वज्रमा फेस पन्चिङ पनि गर्न मिल्ने, विभिन्न तौलसमूहमा प्रतिस्पर्धा हुने, रिङमा खेल खेलाइने, अंक सिस्तलगायत रहेको अध्यक्ष गौचनले जानकारी गराए ।
उनले २ वर्षभित्र एसियाली च्याम्पियनसिप तथा ४ वर्षमा विश्व च्यामिपयनसिप आयोजना गर्ने लक्ष्य रहेको जानकारी गराए ।
भारतमा वज्रको संघ स्थापना गरिसकेको र चाँडै नै सिंगापुर, बंगलादेश, जापान, पाकिस्तान, युके, हङकङ र अमेरिकामा संघ स्थापना गरिने बताइएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373