Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नेपाल उपविजेतमै सिमित

काठमाण्डौ, मंसिर २० गते ।
मित्र राष्ट्र श्रीलङकामा सम्पन्न तेश्रो दक्षिण एशियाली फुटसल च्याम्पियनसिपमा नेपाल उप विजेतामै सिमित हुन पुगेको छ ।
नेपाल फाइनलमा श्रीलङका संग २ – १ गोल अन्तरले पराजित हुंदै उप विजेतमा सिमित हुन पुगेको हो । राउन्ड रोविनको आधारमा खेलाईएको प्रतियोगितामा कम्तिमा बराबरीमा मात्र खेललाई रोक्न सकेको भए मात्र पनि नेपाले उपाधी हात पार्ने थियो ।
खेलको ७ औं मिनटमानै सुभाष घलानको गोलमा अग्रता लिएको नेपालले श्रीलङकालाई पहिलो हाफमा गोल गर्ने कुनै अवसरनै प्रदान गरेन । जितको नजिकै आई सकेको नेपालले आफुलाई सम्हाल्न नसक्दा जितबाट बिमुख हुन पुग्यो । श्रीलङकाका नादानले खेलको अन्तिम ६ र २ मिनटमा २ गोल गर्दै नेपाललाई जित्नबाट बञ्चित गरे ।
“थोरै समय सम्हालिन नसक्दा जित बाट बञ्चित भयौं” – कप्तान साजन महर्जनले भने । उनले छोटो समयको तयारीमा पनि फाइनल सम्मको यात्रा तय गर्न सकेका खुसी ब्यक्त गर्दै टोलीका सम्पूर्ण खेलाडीहरुको मेहनतले यो उपलब्धी हासिल गर्न सफल भएको बताए । उनले आगामी दिनमा राज्यले यस खेललाई सहयोग पु¥याउने हो भने नेपाल दक्षिण एशियामा उत्कृष्ट टिममा पर्नेमा दुई मत नभएको बताए ।
नेपाल फुटसल संघको स्थापना पश्चात छोटो अवधीको तयारीमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकोमा दोश्रो स्थानमा चित्त बुझाउनु परेता पनि यो नेपालको लागि ठुलो उपलब्धि भएको संघका अध्यक्ष देवकुमार अधिकारी “बद्रि”ले बताए । उनले आगामी दिनमा यो खेलको भविष्य रहेकोले यसलाई अझ उचाईमा पु¥याउन कुनै कसर बाँकी नराख्ने बताए ।
विभिन्न स्थानमा छरिएर रहेको फुटसललाई संगठित रुपमा विकास र विस्तार गर्ने उद्धेश्यले हालै मात्र राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ दर्ता भएको हो ।
नेपालले भारतलाई ५ – ० मालदिभ्सलाई ३ – २ र पाकिस्तानलाई ९ – ० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा दक्षिण एशियाका ५ राष्टको सहभागित रहेको थियो ।
नेपाली फुटसल टोली मंगलबार बिहान ८ ः ०० बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464