नेपाल कप भेट्रान फुटबल बिहीबारदेखि

स्पोर्ट्स फर अल क्लब, नेपालको आयोजनामा दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले जानकारी गराए । त्रिभूवन आर्मी क्लब, सामाखुशी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रुपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सिखेल युथ क्लब, मनाङ मस्र्याङदी क्लब, साइनिङ सन फुटबल एकेडेमी (कैलाली), ढोलाहिटी युथ क्लब, ४० प्लस भेट्रान टिम र ब्वाइज स्पोर्ट्स क्लबले नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीको उमेर ४० वर्ष पूरा भएको हुनु पर्नेछ । खेल ७० मिनेट खेलाइनेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न दीपक गुरुङको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्ने छन् । विजेता र उपविजेताको पुरस्कार गत संस्करणको भन्दा दोब्बर बढाइएको हो । २०७१ सालमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो संस्करणको फाइनलमा आर्मीले मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । २०७२ सालमा भूकम्पले गर्दा प्रतियोगिता भएन ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान १०–१० हजार नगदबाट पुरस्कृत गरिने छ । चैत १९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लगनखेलस्थित बुद्धिविकास मण्डलको मैदानमा हुनेछ । उद्घाटन खेल झम्सिखेल र सामाखुशीबीच हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373