नेपाल खेलकुद पत्रकार मञ्चको साधारण सभा सम्पन्न
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।
सदस्य–सचिव टंकलाल घिसिङले खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको बताउनुहुंदै पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सदस्य–सचिव टंकलाल घिसिङले पत्रकारिताको आयाम फेरिरहेको बताउनु हुँदै यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालीन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी रहेको धारणा व्यक्त गर्नु भयो ।
फेसबुक प्रतिक्रिया