नेपाल दोश्रो

दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको महिला रेगु स्पर्धामा नेपाल शनिबार दोश्रो भएको छ ।
श्रीलंकाको कोलोम्बोस्थित सेन्ट जोसेफ स्पोर्ट्स कम्प्लेक्समा नेपालले पाकिस्तानलाई २१–५ र २१–४ तथा आयोजक श्रीलंकालाई २१–१२ र २१–१३ ले पराजित गरेको कोलोम्बोबाट राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
पुरुष डबल इभेन्टमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई २१–१४ र २१–१२ को सोझो सेटमा हराउदै भारतसंग उपाधि भेट पक्का ग¥यो । महिला डबलमा नेपालले पाकिस्तानलाई २१–११ र २१–१३ तथा श्रीलंकालाई २१–१२ र २१–१५ को सीधा सेटमा पन्छायो ।
पुरुष रेगुमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पाकिस्तानलाई २१–७ र २१–७ तथा श्रीलंकालाई २१–१२ र २१–१५ को सोझो सेटमा पाखा लगायो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहेको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373