नेशनल स्केटबोर्ड च्याम्पियनसिप मंसिरमा

नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ तथा राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा नेपालमानै पहिलो पटक “नेशनल स्केटबोर्ड च्याम्पियनसिप प्रतियोगिता” आयोजना हुने भएको छ ।
नेपाल भरि छरिएर रहेका स्केटबोर्ड खेलाडीहरुलाई एकै थलोमा ल्याई नेपालमा संगठित रुपमा स्केटबोर्डको खेलको विकास तथा विस्तार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।
मंसिर १० र ११ गते सम्म सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा हुने प्रतियोगितामा करिव ३०० खेलाडीहरुको सहभागिता रहने अनुमान संघले गरेको छ । बैदेशिक प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपलाई अन्तराष्ट्रिय स्केटबोर्डिङ्ग महासंघ (ISF), विश्व स्केटबोर्डिङ्ग महासंघ (WSF) , अन्तराष्ट्रिय रोल्लर स्पोर्टस महासंघ (FIRS) को मान्यता रहने अध्यक्ष खनालले बताए ।
प्रतियोगिताको लागि नाम दर्ता खुलिसकेको र दर्ता गर्न चाहने खेलाडीहरुले ललितपुर महालक्ष्मिस्थानस्थित संघको केन्द्रिय कार्यालय अथवा ९८५१०७४३७५, ९८४१५१७२७८, ९८४१५७४४८९।मा सम्पर्क गर्न समेत संघले सुचित गरेकोछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309