न्यू डायमन्ड सेमिफाइनलमा

हालै सम्पन्न एपिएफ भलिबलमा महिला तर्फको उपाधी हात पारेको काठमाण्डौ नैकापको न्यू डायमण्ड एकेडेमी ग्रुप बि को विजेता हुंदै पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
डायमण्डले मंगलबार भएको खेलमा युपीए भारतलाई २५–६, २५–६ र २५–१०को सोझो सेटमा पराजित गर्दै सेमिमा पुगेको हो । डायमण्डले अव सेमिफाईनलमा समूह बि को उपविजेता पश्चिमाञ्चल संग प्रतिस्पर्धा गर्नेछ । डायमण्डले
पश्चिमाञ्चलले मंगलबार भएको अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–०ले पराजित गर्दै सेमिमा स्थान बनाएको हो । उसले आर्मीलाई २५–१६, २६–१६ र २५–१८ले पराजित ग¥यो ।
यस्तै महिला तर्फ समूह ए को विजेता एपिएफले बि को उपविजेता नेपाल पुलिसको सामना गर्ने भएको छ ।
यस्तै पुरुष तर्फ समूह ए बाट नेपाल पुलिस क्लब र पश्चिमाञ्चल सेमिफाईनलमा प्रवेश गरेका छन् ।
मंगलबार भारतको युपी भलिबल संघले अन्तिम अवस्थामा विशेष कारण देखाई प्रतियोगितामा उपस्थित हुन असमर्थ भएको भनि जानकारी दिए पछि एक खेल अगावै नेपाल पुलिस र पश्चिमाञ्चल सेमिफाईनलमा प्रवेश गरेका हुन् । यस अघि पुलिसले पश्चिमाञ्चललाई पराजित गरिसकेको छ । त्यसैले पुलिस आफ्नो ग्रुपमा विजेता बन्दै सेमिमा पुगेको हो ।
यस्तै पुरुषकै समूह बि बाट सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । मंगलबार भएको खेलमा अधिकांस भारत हरियाणाका खेलाडीहरु रहेको क्लब लिग च्याम्पियन हेल्प नेपालले आर्मीलाई पराजित गरेता पनि अंक बाँडनु परेका कारण प्रतियोगिताबाट बाहिरिन पुग्यो । हेल्प नेपालले आर्मीलाई ३–२ ले पराजित ग¥यो । निर्णायक सेटमा विजयी भएका कारण हेल्प नेपाले २ अंक मात्र प्राप्त ग¥यो भने आर्मीले १ अंक प्राप्त ग¥यो । यस अघि आर्मीले एपिएफलाई पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो । कुलमा ४ अंकका साथ आर्मी प्रथम स्थानका साथ सेमिफाईनल प्रवेश गरेको हो । ग्रुपमा उपविजेता बन्दै एपिएफ पनि सेमिमा प्रवेश ग¥यो । एपिएफले हेल्प नेपाललाई पराजित गरि ३ अंक प्राप्त गरेको थियो ।
हेल्प नेपालले आर्मीलाई २२–२५, २५–१५, २५–२७, २५–१३ र १५–१३ ले पराजित गरेका हो ।
अव सेमिफाइनलमा आर्मीको पश्चिमाञ्चल तथा पुलिसले एपिएफको सामना गर्ने भएको छ ।

आमन्त्रण भलिबल प्रतियोगितालाई सहयोग जारी

Yam Bahadur Gurung (Left) receiving granted amount through Nabin Thapa Magar president of Sunrise Club, vice president of right Ganga bahadur Gurungयसै क्रममा सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सहयोग आउने क्रम जारी रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सनराईज क्लब, हङ्गकङ्गको तर्फबाट नगद १० हजार प्रदान गरिएको छ । अध्यक्ष नविन थापा मगर र उपाध्यक्ष गंगा बहादुर गुरुङ्गले उक्त रकम कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गलाई मंगलबार हस्तान्तरण गरे । कास्की जिल्ला खेलकुद विकास समिति प्रतियोगिताको संयुक्त आयोजक रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373