पत्राचार गर्ने निर्णय

काठमाडौं पुस २५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट÷फुटबलमा भएको अनिमियतता र गैरजिम्मेवारीको बारेमा छानविन गर्न गठन गरेको समितिले सम्बन्धित निकायलाई पत्रचार गर्ने निर्णय गरेको छ ।
राखेपका सदस्य समेत रहेका समितिका संयोजक देवकुमार अधिकारी (बद्री) को अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले प्रारम्भमा सो निर्णय गरेको हो । पुस पहिलो साता परिषद्ले अधिकारीको संयोजकत्वमा राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेत र राखेपका कानून विज्ञ धनबहादुर श्रेष्ठ सदस्य रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु परेकाले काम अगाडि बढाउन ढिलाई भएको र अब तीव्र गतिमा छानविन प्रकृया अगाडि बढाउने समितिले जनाएको छ । समितिले जनाए अनुसार १ महिनाभित्र प्रतिवेदन बुझाइनेछ ।
२०७३ असोज २० देखि हङ्गगकङ्गमा भएको एक महिने प्रशिक्षण तथा महिला विश्व कप छनोट प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्ने क्रममा क्यानका प्रशासन प्रमुख छुम्बि लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम ब्यवस्थापक राजु बस्न्यातले छनोटका क्रममा गैर खेलाडी छनोट गरेको, प्रतियोगिताका लागि वरिष्ठ फिजियोथेरापिष्ट वा डाक्टर लानु पर्नेमा परिषद्मा दुई–दुई वरिष्ठ फिजियोथेरापिष्ट र डाक्टर हुँदा हुंदै स्टाफ नर्सलाई फिजियोका रुपमा लगेको, खेलाडीको ठाउमा चार गैर खेलाडीलाई आर्थिक लाभ लिई छनोटमा अनियमितता गरेको तथा थ्रि स्टार क्लबले एन्फाका पदाधिकारीहरुको गैर जिम्मेवारीपनका कारण एएफसी कपको प्लेअफ खेल्नबाट वञ्चित हुन परेको विषयमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन बमोजिम परिषद्ले छानविन समिति गठन गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373