पदक विजेता खेलाडी र सदस्य सचिवविच भेटबार्ता

एक महिना अघि मालदिभ्समा आयोजना भएको ५४ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ संग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।
श्रावण ४ गते देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीहरुले सहभागिता जनाएकोमा खेलाडीहरुले एक रजत र एक कास्य पदक हासिल गर्न सफल भएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेश फिजिकको १७० से.मि.मा राजु राईले कास्य पदक प्राप्त गरेका थिए । यस्तै महिला एथलेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैटौ स्थान प्राप्त गरेकी थिईन् ।

त्यसै अवसरमा नेपाल शारिरीक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई मालदिभ्समा आयोजना भएको ५४ औ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।
सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिती रहेको थियो ।
५५ औं संस्करण नेपमाल आयोजना हुने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373