पब्जी टोली मकाउ प्रस्थान
पब्जी मोबाइलमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
सुविनकुमार प्रजापति ९रुल्ज० को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी ९किलर वाइटी०, समिर गुरुङ ९ग्यान्टे०, दिपेश गुरुङ ९डेल्टा० र संगिन भट्टराई ९साङ० रहेका छन् ।
एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल जुन २३ देखि २६ तारिखसम्म हुनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपालमा पनि इ स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेल सरह यो खेललाई पनि अभिभावकत्व प्रदान गर्ने बताए ।
फेसबुक प्रतिक्रिया