पश्चिमाञ्चमा शारीरिक सुगठन प्रतियोगिता हुने
कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता २०७३ (तेश्रो मिस्टर माछापुच्छ«े) आयोजना गर्ने भएको छ । संघका अध्यक्ष शंकरमान उदासका अनुसार प्रतियोगिता आगामी भदौ १७ र १८ गते हुनेछ ।
खेलको माध्यमबाट स्वस्थ र अनुशासित जनशक्ति उत्पादन गर्ने तथा शारिरिक सुगठन खेललाई थप प्रचार प्रसार गर्ने मुल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको संघका सचिव उमेश सिकेले जानकारी दिए ।
संघका सचिव सिकेका अनुसार प्रतियोगितामा पश्चिमाञ्चलका १ सयजना भन्दा वढी खेलाडीको सहभागिता रहनेछ । पोखरा उद्योग वाणिज्य संघको हलमा हुने प्रतियोगितामा प्रतियोगीहरुले तिन क्याटोगोरीमा प्रतिस्पर्धा गर्ने छन । मिस्टर तेश्रो माछापुच्छ«ेमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथिका छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछन । प्रतियोगितामा विभिन्न क्याटागोरीमा प्रथम हुने खेलाडीलाई नगद ४ हजार, द्वितीयले ३ हजार र तृतीयले नगद २ हजारका साथ प्रमाण पत्र र मेडल पाउने छन ।
पश्चिमाञ्चल स्तरिय शरिरिक सुगठन प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख १३ हजार खर्च लाग्ने संघका अध्यक्ष उदासले वताए ।
फेसबुक प्रतिक्रिया