पारा तथा विशेष खेलकुदअन्तर्गत बोसिया प्रतियोगिता सम्पन्न
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य पेमा डोल्मा लामाले पारा तथा विशेष खेलकुदअन्तर्गत बोसिया प्रतियोगिताका पदक विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नु भएको छ ।
राखेपको आयोजना तथा अपङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको व्यवस्थापनमा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको तीनदिने प्रतियोगितामा ६० खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
फेसबुक प्रतिक्रिया