पारा ब्याडमिन्टन वर्कसप र प्रशिक्षक प्रशिक्षण सुरु

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा बिश्व ब्याडमिन्टन महासंघको सहयोगमा दक्षिण एशियाली पारा ब्याडमिन्टन वर्कसप र दक्षिण एशियाली क्षेत्रीय लेभल –१ प्रशिक्षक प्रशिक्षण कोर्ष आईतबारबाट राजधानीमा सुरु भएको छ ।
बिश्वमा नै ब्याडमिन्टन खेलमा पारा खेलाडीहरुलाई आकर्षित गर्दै मानसिक र शारिरीक तन्दुरुस्ती कायम गर्दै दक्ष पारा खेलाडी उत्पादन गर्ने उद्धेश्यले स्थापित बिश्व ब्याडमिन्टन संघको कार्यक्रम अन्तरगत सोही उद्धेश्य अनुरुप दक्षिण एशियामा पनि पारा खेलाडीहरुलाई ब्याडमिन्टन खेलप्रति आकर्षित गर्दै पारा खेलाडी उत्पादन गर्ने लक्षका साथ दक्ष पारा प्रशिक्षक निर्माण गर्न दक्षिण एशियामानै पहिलो पटक नेपालमा पारा ब्याडमिन्टन वर्कसप सुरु भएको हो ।
वर्कसपमा दक्षिण एशियाली ७ राष्ट्रका पारा प्रशिक्षक र सटल टाईमबाट उत्पादित प्रशिक्षक गरि ३१ जनाको सहभागिता रहेको छ । जसमा नेपालबाट पारा प्रशिक्षक, सटल टाईमबाट उत्पादित प्रशिक्षक तथा नेपाल ब्याडमिन्टन संघले एक जिल्ला एक प्रशिक्षक कार्यक्रम अन्तरगत उत्पादन गरेका प्रशिक्षक गरि १९ जनाको सहभागिता रहेकोछ ।
बिश्व ब्याडमिन्टन महासंघका पारा विशेषज्ञ सुश्री म्यारियम लोले वर्कसपमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्ने छिन् । वर्कसप फागुन २३ गते सम्म संचालन हुने छ ।
यस्तै ब्याडमिन्टन एशिया महासंघको सहयोग तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा फागुन २४ र २५ गते दक्षिण एशियाली क्षेत्रीय लेभल –१ प्रशिक्षक प्रशिक्षण कोर्ष पनि हुने भएको छ ।
दक्षिण एशियामा ब्याडमिन्टन प्रशिक्षकहरुको दक्षतामा अभिबृद्धि गर्दै स्तरिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको कोर्षमा नेपालका पाँच सहित दक्षिण एशियाका ३७ प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
कोर्षमा सहभागी प्रशिक्षार्थी प्रशिक्षकहरुलाई ब्याडमिन्टन एशिया बिकास अधिकृत सामबाथेनले प्रशिक्षण प्रदान गर्ने छन् भने ब्याडमिन्टन एशिया महासंघका बिकास संयोजक निखिल चन्द्रधरले सहयोग गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
कार्यक्रमको नेपाल ब्याडमिन्टन संघका निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठ र पूर्व अध्यक्ष प्रकाश बहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । दुवै कार्यक्रम हलचोकस्थित सशस्त्र प्रहरी बलको हलमा आयोजना हुनेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309