पारा राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न खेलको समग्र उद्घाटन शुक्रबार हुने भएको छ । उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।
त्यसै दिन खेलकुदअन्तर्गत विद्यालयस्तरीय विशेष खेलकुद हुने छ । एकदिने विशेष खेलकुदमा एथलेटिक्सतर्फ ४० स्पर्धामा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । २ सय ९० खेलाडी सहभागी हुने छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल सञ्चालन गर्न जिम्मेवारी दिइएको छ । सम्बन्धित संस्थाले जेठ १५ गते आफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नु पर्ने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373