पुरुषतर्फ गण्डकीको तेस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ।
प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा बागमतीले जित निकालेको छ। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ । बागमतीले मधेस प्रदेशलाई ६–४ गोल अन्तरले पराजित गरेको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309