पुरुष फुटबल : आर्मीको दोस्रो जित
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । आर्मीले कर्णाली प्रदेशमाथि ७–० विशाल गोल अन्तरको जित निकालेको हो ।
देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा नेपाल आर्मीका विवेक बस्नेतले खेलको १२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको २१ औ मिनेटमा अर्को गोल थपे ।
खेलको ५६ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दैै ह्याटिक पुरा गरेका थिए । यसैगरि खेलको २९ औ मिनेटमा टेक बुढाथोकीले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाए । पहिलो हाफमा ३ शुन्यले पछि परेको कर्णाली प्रदेश दोस्रो हाफमा थप ४ गोल खान पुग्यो । खेलको ४३ औ मिनेटमा टेक बहादुर बुढाथोकी तथा खेलको ६२ र ७६ औ मिनेटमा सुमन अर्यालले गोल गरे ।
आर्मीसंग कडा प्रतिस्प्रर्धी देखिएको पुलिस प्रदेश २ संग भने फितलो खेल पस्केको थियो । शुरुवातबाट नै आक्रमक खेल पस्केको प्रदेश नं. २ पुलिसलाई बराबरीमा रोक्दै अंक बाडेको छ । खेलको २९ औ मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर खेलको ३७ औ मिनेटमा प्रदेश नं. २ का निर बहादुर आलेले गोल फर्काउदै बराबरीमा ल्याए । खेलको ४३ औ मिनेटमा पुलिसका हरि कठायतले अर्को गोल गरे ।
सुमन लामाको क्रममा हरिले आर्कषक गोल गर्दै खेलमा पुनः अग्रता दिलाएपनि प्रदेश नं. २ का टंक बहादुर सिग्देलले बराबरी गोल गरेका थिए । आईतबार लिग चरणको अन्तिम दिनको खेलमा सुदुरपश्चिमाञ्चल प्रदेशले त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबले कणार्ली प्रदेशसंग सामना गर्ने छ ।
फेसबुक प्रतिक्रिया