पुरुष फुटबल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको  हो । जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधैँ जाली चुम्यो । पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं.१ ले सुधारिएको खेल देखाएपनि स्ट्राइक लाइनमा कम्जोर हुँदा खेलमा फर्किन सकेन ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373