Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

पुरुष बास्केटबलमा गण्डकीको दोहोरो जित

गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ सोमबार भएका खेलहरु सम्पन्न भएका छन् । पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मी र पुलिस क्लबबिच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो ।
खेलको पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो , तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले सर्वाधिक ३२ अकं ल्याएका थिए ।
त्यस्तै समुह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए ।
समुह बि तर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई पराजित गरेको छ । घरेलु टोली गण्डकीले मधेशलाई १०९–३६ स्कोरले पराजित गरेको छ । गण्डकीलार्इृ जिताउन बिकाश गुरुङले सर्वाधिक स्कोर १५ पोइन्ट जोडेका थिए । त्यस्तै दोस्रो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णालीलाई १०८–४९ स्कोरले जितेको छ । एपिएफका सदिश प्रधानले २० अकं जोडेका थिए ।
समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी क्लब ८ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस र बागमती प्रदेश समना ५, ५ अकंका साथ दोस्रो स्थानमा छन । त्यस्तै प्रदेश १ र लुम्विनीको सामान ३, ३ अकंका साथ समुहको पुच्छारमा रहेका छन ।
समुह बि अन्तर्गत खेलको अकं तालिकामा एपिएफ ६ अकंका साथ शिर्ष स्थानमा छ भने कर्णाली र र गण्डकी समान ५, ५ अकंका साथ दोस्रो स्थानमा छन् । सुदुरपश्चिम प्रदेशल र मधेश प्रदेशले समान ४, ४ अकं ल्याएका छन् ।
आजनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ ।
त्यस्तै आज नै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो ।
‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फ भोलि कार्तिक १ गते हुने खेलहरुमा लुम्बिनी र प्रदेश १ भिड्दैछन् भने नेपाल पुलिस र बागमती प्रदेशबीच दास्रो खेल हुँदैछ । त्यस्तै समुह बि तर्फ सुदुर पश्चिम प्रदेश र एपिएफ छन् भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् ।
‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए मा त्रिभुवन आमी क्लव र नेपाल पुलिसबीच खेल हुँदैछ भने दोस्रो खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्दैछन् । त्यस्तै समुह बि तर्फ सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश दोस्रो खेलमा लुम्विनी र कर्णालीबीच प्रतियोगिता हुने खेल तालिका रहेको छ ।
पुरुष फुटबलमा समूह बिजेता बन्दै एपीएफ सेमिफाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा समूह (बी) को बिजेता बन्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले वागमतीलाई ३–१ गोलले पाखा लगाउँदै सेमिफाईनलमा स्थान पक्का गरेको हो । जीतसँगै ६ अंकका साथ एपीएफ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको एपिएफले दोस्रो पुनरागमनसहित जित हात पारेको हो ।
जित्नैपर्ने बाध्यतामा रहेको वागमतीले खेलको सुरुवातदेखी नै एपीएफलाई निकै दबाबमा राखेको थियो । आठौं मिनेटमा अमित तामाङको फ्रिकिकमा अञ्जन विष्टको ब्याक हेडर पहिलो बार नजिकैबाट बाहिरियो । २३ औं मिनेटमा अञ्जन विष्टको पासमा अभिषेकको प्रहार एपीएफका गोलरक्षक राजु नगरकाटीले सहजै बचाउ गरे ।
३० औं मिनेटमा कप्तानले एपिएफका विकु तामाङलाई फाउल गरेपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । एपीएफका मनि लामाको प्रहारमा सनिस श्रेष्ठको हेडर बाहिरियो ।
४० औं मिनेटमा सुनिल बलको प्रहार बाहिरियो । ४६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४७ औं मिनेटमा बागमतीका सुनिल बललाई एरिक विष्टले दिएको चिपपासमा एपिएफका गोलरक्षक राजु बाधक बने ।
५३ औं मिनेटमा मनि लामाको फ्रिकिक प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो । सरोज दाहालले विकु तामाङलाई धकेलेपछि फ्रिकिकको अवसर प्राप्त गरेको हो । ५८ औं मिनेटमा एपीएफका कप्तान टोपबहादुर विष्टले गोलरक्षकलाई पास दिन खोज्दा अञ्जन विष्ट बलसम्म पुग्ने प्रयास गरेपनि गोलरक्षक राजुले अघि बढ्दै टोलीको संकट टारे ।
६५ औं मिनेटमा एपीएफका प्रदीप लामाले उत्कृष्ट गोल गर्दै खेलमा पुनरागमन गराए । प्रदीप लामा र सनिस श्रेष्ठबीचको उत्कृष्ट तालमेलसँगै बराबरी गोल गर्न सफल भएको हो । प्रदीपले सनिसलाई र सनिसले पुनः प्रदिपलाई वान टच रनिङपासमै उनले उत्कृष्ट गोल गरे । ७६ औं मिनेटमा नवीन लामाले उत्कृष्ट गोल गरे । डिबक्स नजिकैबाट गरेको शसक्त प्रहार क्रसबारमा लाग्दै गोल हुन पुग्यो ।
वागमतीले ७९ औं मिनेटमा पुनः खेलमा अग्रता लिने अवसर गुमायो । करिब ३७ यार्डमा पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो । एपीएफका दीपेश धिमालले अञ्जन विष्टलाई लडाएपछि फ्रिकिकको अवसर पाएको हो । अमित तामाङले प्रहार गरेको बलले मानविय पर्खाल नाघ्न सकेन ।
वागमतीले ८३ औं मिनेटमा डिबक्स नजिकै फ्रिकिकको सुवर्ण अवसर खेर फाल्यो । अमितले नै प्रहार गरेको बल गोलरक्षकले पन्च गर्दै बचाउ गरे । लगत्तै अञ्जन विष्टको प्रहार क्रसबारमा लाग्दै रिवाउन्ड हुँदा एपिएफका डिफेन्डरले क्लियर गरे ।
८९ औं मिनेटमा प्रदीप लामाको पासमा आभाष लामिछानेको शक्तिशाली प्रहार बाहिरिदाँ एपिएफ अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै ९१ औं मिनेटमा नविन लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को स्थितिमा पु¥याए ।
यस अघि एपिएफले मधेश प्रदेशलाई ६–० ले हराएको थियो भने बागमतीले मधेशलाई २–० ले हराएको थियो । हारसँगै अंक विहिन बनेको मधेश प्रदेश लिगचरणबाटै बाहिरी सकेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464