पुलिस र आर्मीको जित
काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेटमा विभागिय टोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन् ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १२८ रनमात्र बनाउन सक्यो । बसिर एहमदले नटआउट ४६ तथा सौरभ खनालले २४ रन जोडे ।
बलिङ्गमा पुलिसका ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रनको कुल योगफल तयार पारेको थियो । उसका लागि कुशल भुर्तेल सर्वाधिक ७५ रनबनाउ भने आरिफ शेखले ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।
लुम्बिनीका लागि बलिङ्गमा बसिर एहमद, अनिल खरेल, दीपेन्द्र रावत तथा विशाल विक्रम केसीले समान १–१ विकेट लिए ।
जितसँगै पुलिस ३ खेलमा ५ अंक बटुल्दै समूह ‘ए’ को शिर्ष स्थानमा उक्लिएको छ ।
कीर्तिपुरमै भएको पहिलो खेलमा अर्काे विभागिय टोलि आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो ।
मधेशले दिएको १ सय ५ रनको सामान्य लक्ष्य आर्मीले १८.१ ओभरमा जम्मा ४ विकेट गुमाउँदै पुरा गरेको थियो । आर्मीका विनोद भण्डारीले नटआउट ३४ रन बनाए भने रोहित पौडेलले २५ रन बनाएका थिए । अर्जुन साउदले १७ तथा राजेश पुलामीले नटआउट १६ रनको पारी खेले ।
मधेशका लागि बलिङ्गमा आदील आलम, रुपेश सिंह र हरिशंकर शाहले समान १–१ विकेट हात पारेका थिए ।
यसअघि पहिले ब्याटिङ्ग गर्दै मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रनको कुल योगफल खडा गरेको थियो । उसको सन्तोष कार्कीले २१, हासिम अन्सारीले २० तथा रोहण बिकले नटआउट १७ रन जोडे ।
आर्मीका सोमपाल कामी र सुशन भारीले समान २–२ विकेट लिएका थिए ।
उता मुलपानी किकेट मैदानमा आज हुने भनिएका दुई खेल वर्षाका कारण हुन सकेन ।
फेसबुक प्रतिक्रिया