Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

पूर्व सदस्य सचिव स्व. शाह प्रति बिषेश सम्मान ब्यक्त

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पूर्व सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष स्व. शरद चन्द शाह प्रति बिशेष सम्मान ब्यक्त गरेका छन् ।
नेपाली खेलकुदका ईतिहास शरद चन्द शाहको आज बिहिबार राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा भएको फोटो प्रदर्शनीको उद्घाटन गर्ने क्रममा सदस्य सचिव घिसिङले सम्मान ब्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन सफल भएकोमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह प्रति विशेष सम्मान र श्रद्धा ब्यक्त गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु । सदस्य सचिव घिसिङले अहिले सम्म भएका सदस्य सचिवहरु मध्य ऐतिहासिक कार्य गर्न सफल शाह आफ्नो पनि प्रेरणाको श्रोत रहको भन्दै कसैको अवमुल्यन नभई पूर्व नेतृत्वले गरेका कामहरुलाई निरन्तरता प्रदान गर्ने र अपुग भएका कामलाई पूर्णता प्रदान गर्ने तर्फ पहल गर्नु पर्ने मा जोड दिए । शाहको फोटो प्रदर्शनले हिजोका दिनमा भएका कार्यहरुबाट नयाँ सोचको विकास गर्न मद्धत पुगेको भन्दै सदस्य सचिव घिसिङले खेलकुद सवैको साझा भएकाले यहाँ कुनै राजनैतिक स्वार्थ हुनु नहुने बताए । खेलकुद मात्र एक त्यस्तै क्षेत्र हो जसले सवैलाई एकै ठाउँमा बाँध्न सक्ने र विश्वमा नेपाल र नेपालीलाई पहिचान गराउन सक्ने भन्दै नेपाली खेलकुदको विकासमा प्रतिष्ठान संग हातेमालो गरेर अगाडी बढ्न सँधै तत्पर रहेको बताए ।
ओलम्पिक डे का अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्त रुपमा पूर्व ओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्वर्गिय शाहले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन गर्नु भएको योगदानको सम्झना गर्दै विविध पक्षलाई समेटेर फोटो प्रदर्शनी गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमविच नेपालको झण्डोत्तोलनका साथै स्व. शाहकी धर्मपत्नी र स्पोर्टस् फर अलका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठ संग सयुक्त रिवन काटेर प्रदर्शनीको उद्घाटन गरे ।
प्रदर्शनी पाँच दिन सम्म संचालन हुने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464