पेन्टाथलनमा आदर्शलाई कास्य

मित्र राष्ट्र ईटालीको रोम शहरमा आयोजित चौथौ युलाईस ट्रफी मोर्डन पेन्टाथलनमा आदर्श कार्कीले कास्य पदक प्राप्त गरेका छन् ।
शनिबार भएको प्रतियोगितामा जुनियरतर्फको ई क्याटागोरीमा हिम्स स्कुलमा कक्षा ५ मा अध्ययनरत आदर्शले कास्य पदक प्राप्त गरेको प्रशिक्षक शंकर कार्कीले रोमबाट जानकारी गराएका छन् ।
नेपाल सहित नौ युरोपियन देशहरुका करिव ३०० खेलाडीहरुको सहभागिता रहेको मोर्डन पेन्टाथलनमा नेपाली खेलाडीहरुले हासिल गरेको यो नै पहिलो पदक रहेको संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ ‘राजु’ले जानकारी गराए । मोर्डन पेन्टाथलनको स्थापना पश्चात अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाएको पहिलो पटक हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309