पोखरामा पौडी प्रतियोगिता हुने, कास्कीलाई प्राथमिकता

जिल्लाहरुमा पौडी खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नेपाल पौडी संघले पोखरामा पौडी प्रतियोगीता आयोजना गर्ने भएको छ । आठ वर्ष देखि निरन्तर रुपमा संचालन गर्दै आएको माछापुच्छ«े उमेर समुह पौडी प्रतियोगीताको सातौ संस्करण १६ र १७ गते हुने भएको हो ।
सो बारे जानकारी दिदै संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमीटीका सदस्य अशोक वज्राचार्यले कास्की जिल्ला पौडी संघ तथा जिल्ला खेलकुद विकास समीती कास्कीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १६ वर्ष भन्दा मुनी विभिन्न उमेर समुहका काठमाडौ र पोखराका गरि १ सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा फ्री स्टाइल, वेष्ट स्ट्रोक, ब्याकस्ट्रोक र वटर फुलाईका इभेन्ट्सहरु संचालन हुनेछन ।
छात्र तर्फ १६ र छात्रा तर्फ १६ गरि कुल ३२ इभेन्टमा ३२ स्वर्ण, ३२ रजत र ३२ काश्य पदकका लागि प्रतियोगीहरु भिड्ने छन । कास्की जिल्लाका १४ र १७ वर्ष भन्दा मुनिका खेलाडीलाई प्रोत्साहन दिन छुट्टै इभेन्टस सञ्चालन गरिने अध्यक्ष बज्राचर्यले वताए । जसमा २५ मिटर फ्रिस्टाइल र व्रेष्ट स्ट्रोकका ४ वटा इभेन्ट्स सञ्चालन हुने छन ।
त्यसै गरि पोखराको फेवातालमा २ वर्ष देखि स्थगित साढे २ किलोमिटरको खुल्ला पौडी प्रतियोगितालाई यस पटक पुनः निरन्तरता दिने अध्यक्ष बज्रचार्यले बताए । यो प्रतियोगिता २ वर्ष देखि स्थगित भएको थियो । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५, द्वितीयले १५ र तृतीयले १० हजार पुरस्कार पाउने छन भने कास्की जिल्लाकालाई थप प्रोत्साहन दिन प्रथम हुनेलाई क्रमशः नगद १०, द्वितियले ६ र तृतियले ४ हजार थप गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले जानकारी दिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420