पोखरामा ह्याण्डबल रेफ्री प्रशिक्षण सुरु

नेपाल ह्याण्डबल संघ द्वारा आयोजना गरिएको एक हप्ते राष्ट्रिय रेफ्री ह्याण्डबल प्रशिक्षण कार्यक्रम शनिवार बाट पोखरामा सुरु भएको छ ।
सो अवसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले ह्याण्डबल खेललाई थप मर्यादित बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले लामो समय देखि ह्याण्डबलको रेफ्री प्रशिक्षण नभएको अवस्थामा यो प्रशिक्षणले नेपालमा ह्याण्डबल रेफ्रिहरु उत्पादन गर्न समेत सहयोगी हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङ्गले ह्याण्डबल खेल विकासमा रेफ्री प्रशिक्षण कार्यक्रम फलदायी रहने विश्वास रहने धारणा राख्नुभयो । सो अवसरमा भारत पटियालाका एनएस एनआइस प्रमुख रेफ्री प्रशिक्षक हरिन्दर पाल सिंहले खेल लाई जिवन्त बनाउन पनि रेफ्री प्रशिक्षण कार्यक्रम सहयोगी रहने वताए । कार्यक्रममा नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक लगाएतले वोलेका थिए ।
उक्त प्रशिक्षणमा नेपाली सेना, शसस्त्र प्रहरी एपिएफ क्लव, सदावहार क्लव काठमाडौ, ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी र विभिन्न क्षेत्रका गरि करिव ३५ जनाको सहभागिता रहेको छ । प्रशिक्षण असार ९ गते सम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309