Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

पौडीमा दोश्रो दिन पनि नासिर र डुवानाद्वारा राष्ट्रिय कीर्तिमान

नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८ः३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५ः३९ सेकेन्डको र ब्यक्तिगत मिड्लेमा २ मिनट ११ः८५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट ११ः२३ सेकेन्ड समयका साथ दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस अघि नासिरले दुवै कीर्तिमान दोहामा आयोजना भएको १५ औं विश्व फिना च्याम्पियनसिपमा कायम गरेका थिए । २०० मिटर फ्रिस्टायलमा सेनाका अलेक्जेण्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कास्य पाए । यस्तै ब्यक्तिगत मिड्ले तर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले क्रमशः रजत र कास्य पाए ।
फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा दुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३ औं सागमा राखेको ३५ः४६ सेकेन्डको समयमा सुधार गर्दै ३५ः२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन् । एपिएफकी रोयल प्रजापतीले रजत र सेनाकी उपास्ती महर्जनले कास्य पाईन् ।
महिलाको ८०० मिटर फ्रिस्टायल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनट ३०ः६४ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुलिसका आर्या महर्जन र समिरा शोभा थापा मगरले रजत र कास्य पाए ।


५० मिटर ब्रेष्टस्ट्रोको पुरुष तर्फ प्रदेश १ को विकास कुमालले स्वर्ण जिते । उनले उक्त दूरी ३१ः२० सेकेन्ड समयमा पुरा गरेका हुन् । बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपंकर अवालले कास्य पाए ।
महिलाको २०० मिटर फ्रिस्टायलमा डुवानाले २ मिनट १४ः६४ सेकेन्डका साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कास्य पाए ।
महिला १०० मिटर ब्याकस्ट्रोकमा ओलम्पियन सेनाकी गौरिका सिंहले स्वर्ण जितिन् । उनले उक्त दूरी १ मिनट ५ः५० सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन् । एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र सेनाकी अनुशिया तण्डुकारले रजत जिते । पुरुष तर्फ एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले स्वार्ण जिते । गुरुङ्गले १ मिनट २ः८४ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन् । प्रदेश १ का प्रारम्भ भण्डारी र एपिएफका जाडेन श्रेष्ठले रजत र कास्य पाए ।
४०० मिटर फ्रिस्टायल रिलेमा गौरिका सिंह, डुवाना लामा, उपास्ती महर्जन र अनुशिया तण्डुकार समाविष्ट सेनाले ४ मिनट १९ः४५ सेकेन्ड समयका साथ स्वर्ण जित्यो ।
पुरुष तर्फ ८०० मिटर फ्रिस्टायल रिलेमा युभान लाल श्रेष्ठ, सनिल कुमार थापा मगर, शंकरसना बहादुर रघुबंशी र सुविज्ञ मान तुलाधर सम्मिलित पुलिसले ८ मिनट २७ः८९ सेकेन्ड समयका साथ स्वर्ण प्राप्त ग¥यो । बागमती प्रदेशले रजत र सेनाले कास्य पायो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464