पौडी टोलीलाई सदस्य सचिवबाट बिदाई

नेपालबाट १९ औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि १÷१ पुरुष÷महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदै छ ।
पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रि स्टायल र व्यक्तिगत मिडेलेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छिन् । प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ ।
टोली प्रमुखमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य छन् । वज्राचार्यले प्रतियोगिता दौरान हुने कोंग्रेसमा पनि सहभागिता जनाउने छन् । टिम प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य दीपकसागर सिंह महर्जन रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373