पौडी टोली कोरिया जाने

   अठारौं फिना विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली बुधबार दक्षिण कोरियाको ग्वाङझु प्रस्थान गर्ने भएको छ ।

        जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै महिलामा गौरिका सिंहले १ सय र २ सय मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा खेल्ने छन् । गौरिका भेन लन्डनबाटै कोरिया जाने छिन् ।

        टिम व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ तथा प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबार एक कार्यक्रमबीच सातदोबटोमा बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309