पौडी टोली क्यानडा प्रस्थान
१३ औं फिना विश्व पौडी प्रतियोगितामा सहभागि हुन नेपाली पौडी टोली क्यानडा प्रस्थान गरेको छ । आज एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले टोलीलाई बिदाई गरे । ६ देखि ११ डिसेम्बर सम्म आयोजना हुने प्रतियोगितामा सहभागि हुन जाने टोलीमा खेलाडीहरुमा शुभम श्रेष्ठ, निहारिका तुलाधर र श्रृतिका सिंह रहेका छन् । यस्तै सोफिया शाह अमेरिमा रहेकाले उतैबाट क्यानडा पुग्ने कार्यक्रम रहेको छ ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा क्यानडा जाने टोलीका अन्य सदस्यहरुमा महासचिव जगतमान श्रेष्ठ, टिम ब्यवस्थापकमा संघका सहकोषाध्यक्ष नाजिर उद्धिन मुस्लिम, टिम प्रशिक्षकमा रविन पौड्याल रहेका छन् । अध्यक्ष बज्राचार्यले प्रतियोगिताका दौरान हुने फिना कन्फरेन्शमा सहभागिता जनाउने छन् भने महासचिव श्रेष्ठले स्पोर्टस् मेडिसिन सेमिनारमा सहभागिता जनाउने संघले जनाएको छ ।
फेसबुक प्रतिक्रिया