पौडी संघको पुरस्कार घोषणा

नेपाल पौडी संघले यहि अगष्टमा मित्र राष्ट्र ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने रियो ओलम्पिकमा सहभागी हुने पौडी खेलाडीहरुले राष्ट्रिय किर्तिमानमा सुधार गरे खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । रियो ओलम्पिकमा शिरिष गुरुङ्गले १०० मिटर फ्रिस्टायलमा र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल पौडी संघका अनुसार गुरुङ्गले आफ्नो नाममा रहेको ५८.२२ सेकेन्डका समयमा सुधार गर्दै ५६.०० सेकेन्डमा झार्न सके र गौरिकाले आफ्नो नाममा रहेको १ मिनट ०७.३१ सेकेन्डको समयलाई १ मिनट ०५ सेकेन्डमा झार्न सके जनही ५० हजार प्रदान गर्ने घोषणा गरेको हो । त्यस्तै दुवैले आफ्नो व्यक्तिगत समयमा सुधार गरेमा पनि जनही २५ हजार प्रदान गर्ने घोषणा गरेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373