प्रज्ज्वल र सन्जुलाई स्वर्ण

राष्ट्रिय खेलकुद परिषद्को ५३ औं वार्षिकोत्सवका अवसरमा काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित अन्तर कर्मचारी टेबलटेनिस प्रतियोगिताको सिंगल्सअन्तर्गत पुरुषमा प्रज्ज्वलबहादुर सिंह र महिलामा सन्जु महर्जनले सोमबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा मधुवनलाल सिंह दोश्रो तथा तिलक घिमिरे र देवेन्द्र तण्डुकार तेश्रो भए ।
महिलामा विमला मानन्धर दोश्रो तथा सरस्वती कोइराला र राधिका हमाल तेश्रो बने । एकदिने प्रतियोगितामा ३० कर्मचारीले सहभागिता जनाएको आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । वार्षिकोत्सवकै अवसरमा समितिले साँझ सानोगौचरणस्थित कार्यालय हातामा दीपावली गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373