प्रतिष्ठाको खेलमा पुलिस विजयी
यस्तै पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । समूह ‘सी’ अन्तरगत भएको प्रतिष्ठाको खेलमा पुलिसले सानदार जित निकालेको हो । समूह सी बाट आर्मी शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्दा पुलिस र लुम्बिनी बाहिरिएको थियो । पुलिसको जितमा कुलदिपले दुई तथा आषिस श्रेष्ठ र बुद्धबल तामाङले समान १÷१ गोल गरे । लम्बिनीका लागि फागु राम थारुले एक गोल गरे ।
एनआरएन र गण्डकीबीच रद्द भएको खेलको निर्णय गण्डकीको पक्षमा
उता आइतबार लामाचौरस्थित गोस्ते खेल मैदानमा समूह ए अन्तरगत रद्द भएको एनआरएन र गण्डकी प्रदेशबीचको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ ।
एनआरएनले नियम विपरित ८ खेलाडी खेलाएको भन्दै प्रदेश नं. १ ले प्रोटेस्ट दिएपछि २–० गोलले जितेको खेलको निर्णय उल्टिएर प्रदेश १ को पक्षमा पुगेको थियो । ८ जना खेलाडीलाई कारवाहि गरेपछि आइतबार गण्डकी विरुद्धको खेलमा समेत सोही खेलाडीलाई नियमित खेलाडीको सूचिमा राख्दा खेल रद्द भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले उक्त खेलमा कारवाहि गरिएको खेलाडीलाई नै प्लेइङ सेटमा राखेको भन्दै गण्डकीले जितेको निर्णय गरिदिएको हो । निर्णयसँगै गण्डकी ६ अंकका साथ शीषस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
फेसबुक प्रतिक्रिया