Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, फाइटको पदकमा नेपाली चेलीको बर्चस्व

प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको दोस्रो दिन भएको फाइटतर्फ नेपाली महिला खेलाडीले पदकमा बर्चस्व कायम गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको महिलाको फाइटमा सिनियर र जुनियरतर्फ नेपाली खेलाडीले विदेशी खेलाडीको चुनौती सहजै समाप्त पारे । दोस्रो दिन महिलातर्फको फाइट भएको थियो ।
शुक्रबार भएको सिनियरतर्फ महिलाको ४६ केजीमुनि इन्डोनेसियाकी डिना मेर्सियाले स्वर्ण,नेपालकी कल्पना शाहीले रजत,चितवनकी सुदिक्षा गौतम र युनिसा राईले कास्य,५३ केजीमुनि नेपालकी कल्पना चौधरीले स्वर्ण,भुटानकी किन्जाङ छोडेनले रजत ,नेपालकी चादनी विश्वामित्र र सुस्मा पन्तिले कास्य तथा ५७ केजीमुनि नेपालकी सन्ध्या कुमारी शिंहले स्वर्ण,भुटानकी छिमि डोल्माले रजत, भारतकी प्रीती र नेपालकी विमला लामाले कास्य पदकमै चिक्त बुझाइन । महिलाकै जुनियरतर्फ पनि नेपाली चेली हाबी हुँदा ४२ केजीमुनि नेपाल युनाइटेड डोजाङकी दक्षिणा शाही ठकुरीले स्वर्ण,भुटानकी तेन्जिङ वाङ्मोले रजत,चितवनकी सुर्पना थापा र सुस्मीता परियारले कास्य पदक हात पारिन् ।
त्यस्तै महिला जुनियरकै ४४ केजीमुनि कोटेश्वर डोजाङकी मनिता पाण्डले स्वर्ण,इसिसिडि नेपालकी श्रृस्टि सुन्दासले रजत,नेपालकी विविसा सिग्देल र भारतकी प्रीया दार्सिनीले कास्य,४६ केजीमुनि भारतकी निल्यान साम्पाङले स्वर्ण,नेपालकी अस्मीता तामाङले रजत,नेपालकी निदी सिंह र सुस्मा गेलालले कास्य तथा ४९ केजीमुनि सितापाइलाकी आयुषा लामाले स्वर्ण,भुटानकी कर्मा वाङमुले रजत,भारतकी गोमा क्षत्रि र नेपालकी रोसनी थिङले कास्य जितिन् । महिला जुनियरकै ५२ केजीमुनि भुटानकी यसि वाङ्मोले स्वर्ण,नेपालकी अन्जिला श्रेष्ठले रजत,नेपालकी आरती बोहोरा र बंगलादेशकी फ्रियाना क्वारैसीले कास्य तथा महिला क्याडेट ४० केजीमुनि नेपालकी अस्मीता महर्जनले स्वर्ण,नेपालकै मियामी थापामगरले रजत ,भारतकी पेजीला भुटिया र नेपालकी सुस्मीता तामाङले कास्य हात पारिन् । महिला क्याडेट २९ केजीमुनि युनाईटडकी सुप्रीमा बजगाईले भारतकी दिब्यान्जली शर्मालाई नकआउट गर्दै स्वर्ण दिलाइन् । सोही तौलमा नेपालकी दक्षिणा तामाङ र लक्ष्मी मगरले कास्य पदक जितीन् । शुक्रबार र शनिबार फाइट (क्योरुगी) तर्फ कुल ४० स्वर्णका लागि खेल हुनेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464