Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

प्रथम फेन्सिङ च्याम्पियनसिप हुने

नेपाल फेन्सिङ संघको आयोजनामा प्रथम फेन्सिङ च्याम्पियनसिप यहि आउँदो असार २ र ३ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने भएको छ । ओलम्पिक डे २०१६ को अवसर पारेर च्याम्पियनसिप आयोजना गर्न लागेको संघले जनाएको छ।
च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पुरा भइसकेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए ।
नेपालमा फेन्सिङको राष्ट्रिय च्याम्पियनसिप पहिलो पटक हुन लागेको हो । च्याम्पियनसिपमा महिला र पुरुषका सात टिमको सहभागी हुने निश्चित भएको छ । सहभागी हुने टिमहरुमा शसस्त्र प्रहरी बलको एपिएफ टिम, त्रिभुवन आर्मी क्लब, धापासी फेन्सिङ एकेडेमी, शिवपुरी मावि, कास्की जिल्ला फेन्सिङ टिम, कञ्चनपुर जिल्ला फेन्सिङ टिम, काँडाधारी क्लब रहेको छ ।
च्याम्पियनसिपमा दुई विधामा प्रतिस्पर्धा गराइने छ । इपि र फोइल विधातर्फ प्रतिस्पर्धा गराइने श्रेष्ठले बताए । समूह र व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा हुने छ । पुरुष र महिलाको टिमको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा जम्मा ८० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
यस अघि नेपाल फेन्सिङ संघले काठमाडौं, पोखरा, शसस्त्र प्रहरी बल, नेपाल आर्मी, शिवपुरी स्कुललगायतका क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना गर्दै खेलाडीको स्तरबृद्धि गर्दै आइरहेको संघका अध्यक्ष सुनिल श्रेष्ठले बताए । पहिलो चरणमा संघले खेलाडी, प्रशिक्षक र रेफ्रीलगायतका प्राविधिकहरु उत्पादनमा ध्यान दिएको र अब संघले राष्ट्रिय तथा अन्य च्याम्पियनसिपहरु व्यापक रुपमा आयोजना गर्ने लक्ष्य लिएको उनले बताए । यसै सन्दर्भमा यस पटक ओलम्पिक डेको अवसर पारेर पहिलो राष्ट्रिय फेन्सिङ च्याम्पियनिसप आयोजना गर्न लागेको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464