प्रदेश नं. ३ च्याम्पियन
10:34 बिहान, आइतबार, जेठ ३०, २०७३
राखेप
प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३, १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुषमा आयोजक नेपाल वादोकाइ कराते संघका निरज भण्डारी तथा महिलामा प्रदेश नं. ३ की रुपा महर्जन उत्कृष्ट खेलाडी घोषित भए । निरजले २ तथा रुपाले ३ स्वर्ण जिते । पुरुषमा सजन थापा तथा महिलामा निरुता केसी उदीयमान खेलाडी चुनिए । दुवै आयोजकका हुन् । एपीएफ स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई सांसद् मोहनबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ९ टिमका २ सय ५५ खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् ।
Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031
फेसबुक प्रतिक्रिया