प्रधानमन्त्री कप ब्याडमिन्टन सुरु
तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० आजदेखी ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा सुरु भएको छ ।
प्रतियोगिताको माननिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गरे । मन्त्री लिम्बुले खेलकुदलाई पर्यटन संग जोड्नु पर्ने भन्दै खेलकुदको माध्ययमबाट राज्यको आर्थिक स्तर उकास्ने कार्यमा सवै लाग्नु पर्ने बताए । उनले खेलकुदमा प्राईभेट सेक्टरलाई आकर्षित गर्नु पर्ने भन्दै खेललाई राजनीतिबाट पर राखेर खेल र खेलाडीको विकास गर्नु पर्ने बताए । उनले ग्रासरुटबाट खेलाडी उत्पादनमा लाग्नु पर्ने र राज्यको सम्पूर्ण क्षेत्रमा युवाहरु पकड हुनु पर्ने जसका कारण देशको चौतफी विकास हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले खेलाडीको आर्थिक स्तर बृद्धिका लागि स्वरोजगार कार्यक्रम मार्फत मद्धत पुग्ने बताए ।
बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको अध्यक्ष रुद्र बहादुर थिङ्गको सभापतीत्वमा भएको कार्यक्रममा नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।
फेसबुक प्रतिक्रिया