प्रधानमन्त्री कप भलिबल : उप–प्रधानमन्त्री नारायणकाजीद्वारा लिग प्रतियोगिताको उद्घाटन
नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।
लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाविच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तराष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी उप–प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले हालका प्रधानमन्त्रीको कार्यकालमा भएको भलिबललाई राष्ट्रिय खेलको रुपमा गरेको घोषणालाई खेलाडी तथा नेपाल भलिबल संघले औचित्य पुष्टी गर्दै राष्ट्रिय गौरवमा अभिबृद्धि गरेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भलिबलको बिकास र विस्तार गर्न संघले गरेको कार्य प्रशंसनिय रहेको भन्दै सरकारले युवा तथा खेलकुदलाइ महत्व दिँदै आएको बताए । पछिल्लो समय खेलकुद क्षेत्रले राज्यको शिर उच्च पार्ने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद्, खेलाडी तथा राष्ट्रिय संघहरुलाई धन्यवाद प्रदान गरे । सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सवैको सहयोगको लागी अपिल गर्दै प्रतियोगिताको सफलताको शुभकमाना सहित नेपाल सरकारले भलिबल खेलको विकास र विस्तारका क्रममा अन्तराष्ट्रिय कभर्डहल र सातै विकास क्षेत्रमा प्रादेशिक कभर्डहल निर्माणमा सहयोग गर्ने र नेपाल भलिबल संघले भलिबल खेलको विकासमा लिएको सवै अभियानमा सरकारको साथ रहेने बताए ।
उपाध्यक्ष शिव कोईरालाले प्रतियोगितामा उप–प्रधान तथा गृहमन्त्रीको उपस्थितीले उहाँले राज्यलाई सुशासनको दिशामा अग्रसर गरेको कार्यको प्रशंसा गर्दै खेलकुद क्षेत्रमा पनि भ्रष्टाचारको जालो छ भने त्यसलाई तोड्न आवश्यक रहेको बताए । प्रचन्डको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय खेलको रुपमा भलिबललाई घोषणा गरेको कार्यलाई नेपाल भलिबल संघले पुष्टी गरेको भन्दै प्रतियोगिताको सफलताको लागि शुभकामना ब्यक्त गरे ।
एक पछि अर्को प्रतियोगिता आयोजना गरेर नेपाल भलिबल संघले जुन साहसीक कार्य गरेको छ त्यसले नेपाली खेल क्षेत्रमा एक अब्बल खेल संघको रुपमा आफुलाई उभ्याएको छ । संघले आगामी दिनमा एकेडेमीको स्थापना गरि अब्बल खेलाडीहरु उत्पादन गर्नेमा आफु बिश्वस्त भएको भन्दै सदस्य सचिव घिसिङ्गले आगामी १९ औं एशियाली खेलमा पनि महिला र पुरुष दुवै टोलीले उत्कृट प्रदर्शन गर्दै परिणाममुखी नतिजा प्राप्त गर्न हार्दिक शुभकामना प्रदान गरे । सदस्य सचिवले उप–प्रधान तथा गृहमन्त्रीले राज्यमा चालेको अभियानबाट आफुलाई उर्जा प्राप्त भएको भन्दै खेलकुदले पनि उक्त अभियानमा साथ दिने बताए ।
फेसबुक प्रतिक्रिया