प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी एपिएफलाई

सुदुर पश्चिमाञ्चललाई ८ विकेटले हराउदै एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी हात पार्न सफल भएकोछ ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको सुदुरपश्चिमाञ्चलले २० ओभर खेल्दै ७ विेकेटको नोक्सानीमा ५७ रनमात्र बनाउन सक्यो । सुपको लागि सम्झना खड्का १६ बाहेक अरु कसैले दोहोरो अंक बनाउन सकेनन् । एपिएफको लागि रितु कनजियाले ३ र सीता राना मगरले १ विकेट लिएका थिए । जवाफि ब्याटिङ्गमा आएको एपिएफले १४.१ ओभरमा २ विकेटको नोक्सानीमा एपिएफले विजय लक्ष्य पुरा गरेको थियो । एपिएफको लागि सीता रानामगरले १६ सरिता मगरले २२ रन बनाए । सुपको लागि रेखा रावतले १ विकेट लिईन । बिजेता एपिएफले ट्रफि सहित रु. १,००,००० र उपबिजेता सुपले ट्रफि सहित रु. ५०,००० प्राप्त ग¥यो । खेलको प्लेयर अफ द फाइनल र प्रतियोगिताको बेष्ट बलर एपिएफकी रितु कनजिया भईन उनले नगद रु. ५,००० संगै ट्रफि पाइन त्यसैगरी प्रतियोगिताको बेष्ट ब्याट्स वुमन सुपकी रेखा रावत घोषित पाइन उनले पनि रु. ५,००० संगै ट्रफि पाइन । त्यस्तै प्रतियोगिताकै प्लेयर अफ द सिरिजको रुपमा नगद रु. १०,००० सहित ट्रफि एपिएफकी सीता रानामगरले पाइन ।

बिजेता र उपविजेता टिमहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव श्री केशवकुमार बिष्ट तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकी तथा नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेल, प्याब्सन सुनसरी अध्यक्ष सुमित थापा, हिसान सुनसरी अध्यक्ष मुकुन्द्र घिमिरे र उ.बा.संघ इटहरी का बरिष्ठ उपाध्यक्ष शैलेश बिष्ट लगायत अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420