प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको तयारी पूरा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको तयारी पूरा भएको छ । सोमबारदेखि सुरु हुने पाँच खेल समावेश खेलकुदको तयारी पूरा भएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव प्रकाशचन्द्र घिमिरेले जनाएका छन् ।
प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष÷महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने छ । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
तीनदिने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयका २ सय ७ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373