प्रवीणलाई उपाधि
लन्डन स्नुकर हाउसका प्रवीण शाक्यले प्रथम खुला स्नुकर प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
एसबी स्नुकर एन्ड प्लसद्वारा आयोजित प्रतियोगितामा प्रवीणले एक्टिभ स्नुकर हाउसका निरज सिंखवाललाई ‘बेस्ट अफ एलेभेन’ को फाइनलमा ६–५ ले पराजित गरे । उपाधिसंगै प्रवीणले ५० हजार र निरजले २० हजार नगद पुरस्कार हात पारे ।
झत्तपुरको ठिमीमा भएको प्रतियोगितामा एएक्सएन स्नुकर हाउसका सोम लामा सर्वाधिक ब्रेककर्ता बने । उनले ७२ अंकको ब्रेक गरेका थिए । उनले १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई पूर्व राष्ट्रिय स्नुकर च्याम्पियन सरोज मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगितामा ५१ खेलाडी सहभागी थिए ।
फेसबुक प्रतिक्रिया