प्रशान्तलाई स्वर्ण

प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्तले श्रीजुलाल श्रेष्ठलाई पराजित गरे ।
बानेश्वरमा भएको प्रतियोगिताको बहिरातर्फ नै पुरुष ५०–६० केजीमा ऋषिमनि शर्मा, महिला ३०–४० केजीमा सोनीकुमारी शाह, महिला ४०–५० केजीमा निर्जला खड्का, महिला खुलामा योजना सापकोटा तथा महिला ५०–६० केजीको ‘ए’ मा आरती शाह, ‘बी’ मा  सुष्मा तामाङ र ‘सी’ मा भूमिका कार्की पहिलो भए ।
दृष्टिविहीनको पुरुष ४०–५० केजीमा संयोग आचार्य र ६०–७० केजीमा प्रकाश रुम्बा पहिलो स्थान हात पार्न सफल भए ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दैै सदस्य–सचिव घिसिङले पारा खेलकुदलाई अझ व्यवस्थित र दायरा फराकिलो बनाउन परिषद् लागि परेको बताउदै स्वदेशमै अन्तर्राष्ट्रिय पारा प्रतियोगिता आयोजना वा अन्तर्राष्ट्रिय सहभागिताका लागि परिषद् सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
विजेतालाई नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३६ खेलाडी सहभागी थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309