प्रशासनीक कार्य प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, बैशाख १७ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनीक कार्यलाई अझ प्रभावकारी बनाउन दिर्नेशन दिनु भएको छ । सोमबारको सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्रचार गरी सो निर्देशन दिइएको हो ।
कार्य सम्पादनको सिलसिलामा राखेपमा पेश हुन आएका पत्र, फाइललगायतका कागजातहरु कारवाही प्रक्रियामा ढिलासुस्ती भई गुनासो आएको भन्दै तत्काल गुनासोलाई सम्बोधन गर्न भनिएको छ । आगामी दिनमा राखेपका काम, कारवाही चुस्त दुरुस्त रुपमा सम्पादन गर्न सबै विभाग तथा शाखाहरुलाई वित्तिय सम्बन्धी भए बढीमा ५ दिन र अन्य प्रकृतिका भए बढीमा ३ दिनभित्र अनिवार्य रुपमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420