प्रशासन विभाग प्रमुख थापालाई कोरोना संक्रमण
काठमााडौं, कात्तिक १३ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना भाइरस (कोभिड– १९) संक्रमण भएको छ ।
सामान्य लक्षण देखिएपछि थापाले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए । सोको रिपोर्ट पोजेटिभ आएको थापा स्वयंले पुष्टि गरेका छन् । संक्रमण पुष्टि भएपछि थापाले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत आग्रह गरेका छन् । थापा कलंकीस्थित निवासमा ‘होम आइसोलेसन’ मा रहेका छन् ।
फेसबुक प्रतिक्रिया