Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

प्रोफेसनलमा रुपक च्याम्पियन

पोखराका रुपक नेपाली प्रथम के ब्याग मुवाँथाई प्रतियोगिताको पुरुष ७० केजीमुनि (प्रोफेसनल) तर्फ शनिबार च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा रुपकले नेपाल आर्मीका चित्रसिं ठकुरीलाई पराजित गरे । भाटभटेनी क्लबका मन्दिप राना मगर तथा सिन क्योकुसिनका सन्तोषकुमार लामा संयुक्त रुपमा तेश्रो भए । पहिलो हुनेले ५० हजार, दोश्रोले २० हजार तथा तेश्रो हुनेले समान ७ हजार ५ सय नगद पुरस्कार हात पारे ।
नेपाल राष्ट्रिय मुवाथाई संघ र के ब्याग स्पोर्ट्स प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमुनि आर्मीका मदनकुमार श्रेष्ठ पहिलो भए । उनले फाइनलमा सिन क्योकुसिनका नदाप हुसेनलाई हराए । क्योकुसिन बुदोकाइका ऋतिक मगैया र भाटभटेनीका अमित ठकुरी तेश्रो बने ।
पुरुष ६० केजीमुनि जावलाखेलका सागर दर्जी पहिलो, पोखराका विजय सिम्खडा दोश्रो तथा चाल्नाखेलका सनिश लामा र केन्द्रीय क्लबका करण वज्राचार्य तेश्रो भए । ६५ केजीको उपाधि आर्मीका पदम राईले जिते । उपाधि भिडन्तमा उनले जावलाखेलका सरोज सेवालाई पाखा लगाए । सातदोबाटोका मदन तामाङ र केन्द्रीयका विवेक गदाल तेश्रो स्थानमा रहे ।
प्रतियोगितामा समावेश महिलाको एक मात्र स्पर्धामा भाटभटेनीकी सविना श्रेष्ठ पहिलो भइन् । ५५ केजीमुनिको फाइनलमा सविनाले केन्द्रीयकी करुणा उप्रतीलाई निराश पारिन् । सिन क्योकुसिनकी विनिता राई र आर्मीकी सर्मिला राई तेश्रो भए । चार स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार तथा तेश्रो हुनेले २ हजार ५ सयका दरले नगद पुरस्कार पाए ।
विजेतालाई सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा विभिन्न ५ स्पर्धामा ४० खेलाडीले सहभागिता जनाएको आयोजक मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतिले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464