Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

फुटबल : महिला र पुरुष दुवै तर्फक एपिएफलाई सफलता

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलाफुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ ।
वालिङ खेल मैदानम ाबिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो ।
खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समूहलाई अगाडी बढाएकी थिइन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनः अर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन् । ७६ औं मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन् । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि निरु थापाले गरेको एक गोल स्वर्णको लागि पर्याप्त भएन । र पुलिसले रजतमै चित्त बुझाउन प¥यो ।
आर्मीले कांस्यमा चित्त बुझायो । आर्मीले ७–० गोल अन्तरले प्रदेश नम्बर १ लाई पराजित गर्दे कास्य जितेको हो ।
खेलको तेस्रो मिनेटमा आर्मीकी हिमा चौधारीले गोलको खाता खोलेकी थिइन् ।
खेलको ५ औँ मिनेटमा अमिसा कार्कीले अर्को एक गोल गर्दे गोल संख्या दोब्बर बनाइन् । खेलको ३५ औँ र ४१ औं मिनेटमा एक एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
यस्तै खेलको ४३ औँ मिनेटमा चन्द्रा भण्डारी, ६१ औँ मिनेटमा गंगा गुरुङ र ७१ औं मिनेटमा कुसुम खतिवडाले समान एक–एक गोल गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडन डेथमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टि प्रहारलाई बचाउ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् ।
एपीएफका लागि नविन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे । सनिस श्रेष्ठको प्रहार बाहिरियो ।
आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले बचाउ गरे ।
आर्मीका सेसेहाङ आङदाम्बेको प्रहार राजुले बचाउ गरेपनि अघि बढेको भन्दै पुनः प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे । १४ औं मिनेटमा नवयुगले उत्कृष्ट ओभरहेड किक प्रहार गरेपनि दोस्रोबार नजिकैबाट बाहिरियो । ३३ औं मिनेटमा एपिएफका मनि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । उनले डाइभ गर्दै बचाउ गर्दा रिवाउन्ड भएको बललाई नविन लामाले प्रहार गर्न खोज्दा असिस्टेन्ट रेफ्रीले अफसाइडको संकेत गरे । ३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डि एरिया क्षेत्रमा गल्ति गर्दा एपीएफका प्रदिप लामा गोल गर्नबाट चुके । उनको प्रहार बाहिरियो । ४० औं मिनेटमा मणि लामाको सेन्टरलाइन नजिकैको फ्रिकीक प्रहार सोझैँ गोलरक्षक विकेश कुथुको हातमा पुग्यो ।
४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । ५८ औं मिनेटमा एपीएफका मनि लामाले निकालिदिएको उत्कृष्ट पासमा आर्मीका गोलरक्षक विकेश अघि बढ्दै बचाउ गर्न खोजेपनि एपीएफका विकु तामाङले नविनलाई पास दिएपनि गोलगर्नबाट चुक्यो । नविनले नियन्त्रणमा लिदैँ प्रहार गरेको बल आर्मीका सुमन अर्यालले हेड गर्दै टोलीको संकट टारे । ६१ औं मिनेटमा हरि कार्कीको प्रहार विकेशले उत्कृष्ट बचाउ गरे ।
६६ औं मिनेटमा प्रिन्स कार्कीको कर्नरमा सेसेहाङ आङ्गदेम्बेको होभरहेड किक प्रहारमा सुदिल राईको हेड बाहिरियो । ७० औं मिनेटमा नवयुगको पासमा प्रिन्सको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । ७२ औं मिनेट आवास लामिछानेको पासमा प्रदिप लामाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८४ औं मिनेटमा आर्मीका प्रिन्स कार्की र सुदिल राई खाली भएको अवस्थामा एपीएफका गोलरक्षक राजु निकै अघि बढि किल्यर गर्दै गोल हुनबाट जोगाए । ८५ औं मिनेटमा सिमान्त थापाले सुदिललाई उत्कृष्ट पास दिएपनि बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो ।
निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको ४ मिनेटमा एपिएफका सनिस श्रेष्ठले सुदिललाई लडाएपछि डिएरिया नजिकै फ्रिकिको अवसर प्राप्त ग¥यो । प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरेपनि गोलरक्षक नगरकोटीले बचाए ।
आर्मीले यसअघि गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । पुरुष फुटबलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० को गोल अन्तरले हराउँदै कास्य जितेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464