फुपु र जितले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् ।
अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा छिन् ।
JIT_BAHADUR_MUKTAN_08862447यस्तै आर्चरीका जितबहादुर मोक्तानले पनि रियो ओलम्पिकमा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका कार्यकारीणी सचिव सुजन लाल श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
यसका साथै नेपालले पौडी, एथलेटिक्स, तेक्वान्दो, जुडो र आर्चरी खेलमा सहभागिता जनाउने पक्का भएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309