Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

फुल कन्ट्याक्ट कराते महासंघमा बस्नेत

नेपाल फुल कन्ट्याक्ट कराते महासंघको दोश्रो साधारणसभाले दमन बस्नेतको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । बस्नेत अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए ।
सालिकराम कुँवर र राजकुमार गुरुङले उपाध्यक्ष, विष्णुकान्त अर्यालले महासचिव, विकास महर्जनले सचिव तथा कुमार श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए ।
प्रदीप थापा, शिवबहादुर गुरुङ, दीपकबहादुर गोदार थापा, रोशनकृष्ण न्याछयौं, नवराज कुँवर र सोनाम शेर्पा सदस्यमा चयन भए ।
त्यस्तै रामजीप्रसाद वज्राचार्य प्रथम उपाध्यक्ष, राजेन्द्र सुवेदी उपाध्यक्ष तथा इन्द्रबहादुर थापा सदस्यमा मनोनित भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले शपथ खुवाएका थिए भने नेपाल क्योकुसिन कराते डो संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचनले प्रमाणपत्र वितरण गरेका थिए । यसअघि साधारणसभाको भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष बस्नेतले महासंघमा आबद्ध सबै संघसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साधारणसभामा विभिन्न ७ संघबाट २ का दरले १४ तथा केन्द्रका १३ गरी २९ प्रतिनिधि उपस्थित थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464