फेन्सिङ्गः चौथो दिन एपिएफ र सेनालाई स्वर्ण

फेन्सिङ्ग महिला टिम फ्वाईलमा एपिएफले स्वर्ण जित्यो । एपिएफले बागमतीलाई पराजित गर्दै स्वर्ण जितेको हो । एफिएफले बागमतीलाई ४५–३६ ले पराजित गरेको हो । नेपाली सेना र गण्डकीले कास्य पदक पाए ।
पुरुषको सेवर तर्फ सेनाले जित निकाल्यो । सेनाले बामतीलाई ४५–२४ अंकले पराजित गर्दै स्वर्ण जितेको हो । सेनाले स्वर्ण संख्या ४ बनायो । तेश्रो स्थानमा एपिएफ र गण्डकी रहे ।
प्रतियोगिताको प्राविधिक कारणले रोकिएको पुरुष ईपीको खेल शुक्रबार बिहान हुने प्रतियोगिताका निर्णायक अनुप कपालीले जानकारी गराए ।
बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373