Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

बक्सिङमा तेस्रो दिन : पुरुषतर्फ २४ जना सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगिताको तेस्रो दिन पुरुषतर्फ २४ जना सेमिफाइनलमा पुगेका छन् । पहिलो चरणमा भएको खेलमा ४८ तौल समूहमा नेपाल पुलिस क्लवमा दिपेश राईलाई हराउँदै एपीएफका आश तामाङ सेमिफाइनलमा पुगेका छन् । उनले ४.१ अंक प्राप्त गरेका थिए । यस्तै ५१ केजी तौल समूहमा बाग्मती प्रदेशका रविन थापा विजयी भए ।

५१ केजी समूहमा नेपाल पुलिस क्लवका चन्द्रवहादुर थापा (५ अंक) त्रिभुवन आर्मी क्लवका सुवास तामाङ (४.११अंक) ५४ केजीमा गण्डकी प्रदेशका पूर्णवहादुर गुरुङ (३.२) सोही समूहमा प्रदेश १ का आङपेम्वा शेर्पा, सोही समूहमा कर्णालीका प्रकाश शाही (४.१), ५७ केजी समूहमा एपीएफका पुरन राई (५ अंक), ६० केजी समूहमा लुम्बिनी प्रदेशका अनिलकुमार पुन मगर (३.२) र ४ अंक प्राप्त गर्दै बाग्मतीका सुवास माली विजयी भए ।

यसैगरी, ६३ केजीमा लुम्बिनीका नेत्रबहादुर थापा विजयी भएका छन् । उनले ५ अंक प्राप्त गरेका थिए । यस्तै, सोही समूहमा आर्मीका लालु आले मगर (३.२), ६७ केजीमा बाग्मतिका दावा र्छिरिङ लामाले ५ अंक ल्याए । आर्मीका धनबहादुर दलार्मीले ५ अंक ल्याएका छन् । त्यस्तै, ७१ केजी समूहमा एनआरएनका चन्द्रवहादुर तामाङले बाग्मती प्रदेशका प्रमोद राईबाट वाकवभर पाएका छन् । एपीएफका निश्चल विष्टले ३.२ अंक प्राप्त गर्दै विजयी भए । ७५ केजी उमेर समूहमा प्रदेश १ का प्रशान्त दाहाल (५ अंक), सोही समूहमा लुम्बिनीका हेमराज राउतले मधेशका राम निवास कुमारसँग वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । ८० केजी समूहमा प्रदेश १ का फूर्वेनी शेर्पा ४.१ ल्याएर विजयी भएका छन् । सोही समूहमा मधेशका मनोज वेल्दारले वाकवभर दिएपछि बाग्मती प्रदेशका मोहन तामाङले सेमिफाइनल यात्रा तय गरे । ८६ केजी तौल समूहमा पनि एपीएफका रविन नेपालीले आर्मीका कृष्णराज शाहीवाट वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरे ।

९२ केजीमा एपीएफका गोकुल गुरुङ विजयी भए । सोही समूहमै गण्डकीका दिपक सुनुवार विजयी भएका छन् भने, ९२ भन्दा माथिको तौल समूहमा लुम्बिनी प्रदेशका सुजन थापा मगर विजयी भए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464