बक्सिङ टोली थाइल्यान्ड जाने

काठमाडौं, जेठ ८ गते ।
बक्सिङको दोश्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
मे २४ देखि जुन ३ तारिखम्म हुने प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नु हुने छ । महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नु हुनेछ । प्रशिक्षकमा प्रकाश थापा मगर हुनुहुन्छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गर्नु भयो ।
सदस्य–सचिव घिसिङले खेलाडीको हौसला बढाउदै भन्नु भयो– ‘छनोट हुने राम्रो अवसर हो । उच्च मनोबलका साथ प्रदर्शन गर्नु होला । पेरिस पारालिम्पिकमा तेक्वान्दोकी पलेशा गोबर्धन र पेरिस ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट भएर अहिले नेपाली खेलकुदमा सरकरात्मक सन्देश प्रवाह भएको छ ।’

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420